राष्ट्रपति पौडेलले भेटे पौडेल र आचार्यलाई

काठमाडौं । पोखरामा बेलुन विस्फोटपछिको आगलागीमा परि घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर पुगेका छन् । पौडेल र आचार्यको बर्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई भेट्न राष्ट्रपति पौडेल कीर्तिपुर स्थित बर्न अस्पताल पुगेका हुन् ।

चिकित्सकहरूले उनीहरूको अवस्था खतरामुक्त रहे पनि निगरानीमै उपचार गर्न आवश्यक रहेको बताएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर