रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं। रियल मड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ।
१० खेलाडीमा सीमित रियललाई ओसासुनाले १–१ को बराबरीमा रोकेको हो। योसँगै रियलको २४ खेलमा ५१ अंक पुर्याएको छ। ओसासुना ३२ अंकसहित सातौं स्थानमा छ। १५औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए।
३९औं मिनेटमा रेफ्रीमाथि अनुचित शब्द प्रयोग गरेको आरोपमा जुड बेलिङ्घामले सोझै रातो कार्ड पाए। त्यसपछि रियल १० खेलाडीमा सीमित भयो। दोस्रो हाफको ५८औं मिनेटमा आन्टे बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए।
प्रतिक्रिया