पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन : महत

काठमाडौं ।  नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन्।

शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे ।

उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे । उनले तर कति थपिन्छ वा थपिँदैन भन्ने कुरा केन्द्रीय समितिको बैठकले गर्ने बताए।

उनले नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए । अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्ने कुरामा दौड लगाउनु उचित हुने बताए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर