मिनी ट्रकको ठक्करबाट भक्तपुरमा ७० वर्षीया बृद्धाको मृत्यु
![मिनी ट्रकको ठक्करबाट भक्तपुरमा ७० वर्षीया बृद्धाको मृत्यु](https://www.rafatnews.com/wp-content/uploads/2023/04/ACCIDENT.jpg)
भक्तपुर । चाँगुनारायण नगरपालिका–३ कल्पकोटमा आज दिउँसो मिनी ट्रकको ठक्करबाट ७० वर्षीया बृद्धाको मृत्यु भएृको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
कल्पकोट ओरालो स्थितमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको मिनी ट्रकले पैदलयात्री केकईलाई ठक्कर दिँदा गम्भिर घाइते भई उपचारको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।
ठक्कर दिने ट्रकका चालक भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए ।
प्रतिक्रिया