१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्र प्रसाद पक्राउ

दाङ । दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो चन्द्रप्रसालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर