रोनाल्डो विश्वकै उच्च पारिश्रमिक लिने खेलाडीको सूचीको पहिलो स्थानमा

काठमाडौं : पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै उच्च पारिश्रमिक लिने खेलाडीको सूचीको पहिलो स्थान रहेका छन्।
स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पाेर्टिकाे सार्वजनिक गरेको नयाँ सूचीमा शीर्ष एक सयभित्र महिला खेलाडी भने परेनन्। शीर्ष एक सयको सूचीमा फुटबल, एनबीए, एनएफएल, गल्फ र बक्सिङका खेलाडीले वर्चश्व जमाएका छन्। यी खेलाडीले संयुक्त रूपमा गत वर्ष ६ दशलमव २ बिलियन अमेरिकी डलर आम्दानी गरेको बताइएको छ।
जसमा ४ दशमलव ८ बिलियन डलर पारिश्रमिक र पुरस्कार राशि तथा १ दशलमव ४ बिलियन डलर इन्डोर्समेन्टबाट प्राप्त भएको हो। रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासारसँगको आकर्षक सम्झौता कारण लगातार दोस्रो वर्ष सर्वाधिक महँगो खेलाडी बनाएको हो।
उनको कुल आय २६० मिलियन डलर छ। गत साता आफ्नो ४० औं जन्मदिन मनाएका रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक र ४५ मिलियन डलर इन्डोर्समेन्टबाट कमाएको स्पोर्टिकोले उल्लेख गरेको छ।
दोस्रो स्थानमा एनबीए क्लब गोल्डेन स्टेट वारियर्सका स्टेफन करी छन्। उनको गत वर्षको आम्दानी १५३ दशलमव ८ मिलियन डलर थियो। जुन रोनाल्डोको भन्दा एक सय मिलियन डलरभन्दा बढीले कम हो।
बिट्रिस बक्सर टाइसन फ्युरी १४७ मिलियिन डलरका साथ तेस्रो स्थानमा रहे। शीर्ष पाँचभित्र अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पनि छन्। उनको आम्दानी १३५ मिलियन डलर छ। एन्जल्स लेकर्सका फरवार्ड लेवोर्न जेम्स पाँचौं स्थानमा परेका छन्। उनी एनबीए खेल्ने एक मात्र ४० वर्षका एथ्लिट हुन्। शीर्ष एक सयभित्र २७ देशका आठ खेलका खेलाडी परेका छन्।
२०२३ मा अमेरिकाकी टेनिस खेलाडी कोको गौफ महिलातर्फ सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेकी थिइन्। यो पटक भने महिला खेलाडी शीर्ष एक सयभित्र पर्न सकेनन्।