आइपिएल २२ मार्चदेखि हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)को १८ औं संस्करण अर्को महिनाबाट सुरु हुँदैछ।
२२ मार्चमा हुने उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन कोलकाता नाइटराइडर्सले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्ने छ। इडेन गार्डेनमै प्रतियोगिताको फाइनलसमेत हुनेछ।
आइपिएलको पहिलो संस्करण २००८ मा भएको थियो। जहाँ ८ टिम रहेका थिए। २०२२ देखि प्रतियोगितामा १० टिम सामेल गरिएको हो। दिल्ली, बैंगलोर, पञ्जाब तथा लखनउ अहिले सम्म उपाधि विहीन रहेका छन्।
प्रतिक्रिया