सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए त्रकार महासङ्घको संघर्षमा उत्रिने चेतावनी

काठमाडौं । सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।
महासङ्घले राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महासङ्घसहित सरोकारवालासँग छलफल गरेर पुनर्लेखन गर्न माग गरेको छ ।
काभ्रेको धुलिखेलमा बसेको महासङ्घको पहिलो कार्यमूलक बैठकले सरकारले यही अवस्थामा उक्त विधेयकलाई अघि बढाए महासङ्घ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।
‘महासङ्घसहित सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउनु उपयुक्त नहुने ठहर यो बैठकले गरेको छ
प्रतिक्रिया