नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडुलाइ ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बा प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई काँकडभिट्टाबाट आउँदै गरेका बेला सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको हाे ।
प्रतिक्रिया