सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको मड्रिड भिड्ने

काठमाडौं। कोपा डेल रे सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको मड्रिड भिड्ने भएका छन्।

कोपा डेल रे सेमिफाइनलको ड्रअनुसार बार्सिलोना र एट्लेटिको मड्रिड एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका हुन् भने रियल मड्रिडले रियल सोसिडाडको सामना गर्ने पक्का भएको छ। एट्लेटिको र रियलले दोस्रो लेगको खेल आफ्नै घरेलु मैदानमा अप्रिल महिनामा खेल्नेछन्। पहिलो लेग दुई हप्ताभित्र खेलिनेछ। बार्सिलोना र एट्लेटिकोले पछिल्लो पटक डिसेम्बरमा ला लिगामा खेलका थिए। उक्त खेलमा एट्लेटिको २–१ ले विजयी भएको थियो।

बार्सिलोनाले सन् २०२१ मा अन्तिम पटक कोपा डेल रेको उपाधि जितेको थियो भने एट्लेटिकोले २०१३ मा यो प्रतियोगिता आफ्नो पक्षमा पारेको थियो। रियलले पछिल्लो पटक सन् २०२३ मा उपाधि जितेको थियो। तर, गत सिजन एट्लेटिकोसँग अन्तिम १६ मा पराजित हुँदै बाहिरिएको थियो।

सोसिडाडले सन् २०२० मा तेस्रो पटक कोपा डेल रेको उपाधि जितेपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो। लिगमा भने उसले पछिल्ला तीन खेलमा रियलविरुद्ध हार बेहोरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर