भक्तपुर–काभ्रेपलाञ्चोक समितिको अध्यक्षमा खत्री र सचिवमा श्रेष्ठ

भक्तपुर । राष्ट्रिय बाणिज्य बैंक पूर्वकर्मचारी संघ भक्तपुर–काभ्रेपलाञ्चोक जिल्ला समितिको अध्यक्षमा बासुदेव खत्री चुनिएका छन् । आज भक्तपुर–काभ्रेपलाञ्चोक जिल्ला समिति गठन कार्यक्रमबाट खत्रीलाई सर्वसम्मतिबाट अध्यक्ष छानेको हो ।

त्यसैगरी, संघको उपाध्यक्षमा सत्यनारायण सापकोटा, सचिवमा राजेश बहादुर श्रेष्ठ, कोषाध्यक्षमा मोहन देवकोटा चयन भएका छन् । यसैगरी, सदस्यहरूमा ज्ञानी मैंया श्रेष्ठ, ऋषिनाथ अधिकारी, रामेश्वर ढुंगेल, ऋषि केसव प्रसाद धौभडेल, शान्ता बस्नेत, रुपा बज्राचार्य, रामप्रसाद धिताल, भवनाथ शर्मा र प्रमोद राज ढकाल रहेका छन् । समितिको सल्लाहकारमा उद्धव प्रसाद खनाल र राजेन्द्र कुमार कार्की रहेका छन् ।

कार्यक्रमा बोल्दै राष्ट्रिय बाणिज्य बैंक पूर्वकर्मचारी संघाका केन्द्रिय अध्यक्ष दिनेश बिक्रम थापाले पूर्व कर्मचारीहरुको भेटघाट र खुशी साथ बाँचौ भन्ने उदेश्यले समिति गठन गरिएको बताए । उनले भने हाम्रो अनुभव सरकारलाई आवश्यकता पर्दा हरबखत आफूहरु तयार रहेको समेत बताए ।

कार्यसमितिमा चयन सचिव राजेश बहादुर श्रेष्ठले पूर्व कर्मचारीहरुको ज्ञान र शिपलाई सक्दो उजागर गर्दै सरोकारवाला निकायलाई सहयोग तथा गलत कार्य गर्दा सचेत बनाउन समितिले भूमिका खेल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर