सोमबार सुनको मूल्य तोलामा १४ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर