महाकुम्भ मेलामा ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुबकी (स्नान) लगाए

काठमाडौं ।  भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी हुन विश्वभरबाट भक्तहरू आउने क्रम जारी छ । उत्तर प्रदेश सरकारले आइतबार मात्र महाकुम्भ मेलामा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ । महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुबकी (स्नान) लगाएका छन् । । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको हो ।

महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठुलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ । महाशिवरात्रि २६ फेब्रुअरी सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौँ भक्तजनहरूलाई आकर्षित गरिसकेको छ । महाकुम्भ मेलामा अझै करडौँले स्नान गर्ने उत्तर प्रदेश सरकारले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर