चक्कु देखाएर धनगढीमा एक बालिकामाथि बलात्कार

काठमाडौं । धनगढीमा एक बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी बालिकालाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् । घट्ना गत बिहीबार साँझको भए पनि प्रहरीमा शनिबार राति साढे ८ बजेमात्र जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
धनगढीको एक विद्यालयमा अध्ययन गर्दै आएकी बालिकालाई बाटोमा छेकेर युवकले चक्कु देखाई आफूसँग जबर्जस्ती गरेको उनको दुःखेसो छ । युवकले डर, त्रासमा पारेर आफूलाई घरमा लगी करणी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी छन् । अभियुक्त पत्ता लागिसकेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । उनले भने, “अभियुक्त पत्ता लागिसकेको छ । पक्राउ गर्न प्रहरी परिचालित भएको छ ।”
प्रतिक्रिया