क्यारेबियन देशहरूमा शक्तिशाली भूकम्प

काठमाडौं ।  क्यारेबियन देशहरूमा आइतबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । केम्यान टापुबाट दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको सीएनएनले जनाएको छ ।

भूकम्पको धक्का हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको थियो भने भूकम्प आएपछि सुरुमा  सुनामीको चेतावनी दिइएको थियो। तर पछि यसलाई  रद्द गरिएको समाचारमा उल्लेख छ । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले  सुनामीको सम्भावना नभएको तर सतर्क रहन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर