दिल्लीमा केजरीवालजस्तै नेपालमा रविको पतन निश्चित, बालेन्द्र र हर्केको कुरै नगरौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको राजनीतिबाट रविको पतन निश्चित रहेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चित रहेको बताएका हुन्। रविको पार्टीलाई भारतको नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालसँग तुलना गर्दै बस्नेतले भारतमा भ्रष्टाचारी र नेपालमा सहकारी ठगको विलय निश्चित रहेको दाबी गरे।

उनले भनेका छन्, ‘इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ। नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चितै छ। केजरीवालको उदय, भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा, नेपालमा रवि लामिछानेको उदय, सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ। बालेन्द्र र हर्केको कुरै नगरौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर