आज शुक्रबार सुन तोलामा चार सय रुपैयाँ सस्तियो

काठमाडौं । नेपाली बजारमा सुन तोलामा बिहीबारको तुलनामा चार सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा दश रुपैयाँ बढेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज शुक्रबार सुन तोलाको १ लाख ६८ हजार १ सयमा कारोबार भइरहेको महाुंघले जनाएको छ । यस्तै, आज शुक्रबार चाँदी प्रति तोला १९ सय ८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया