नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक आपत्तिजनक रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले त बोलेकै आधारमा नागरिकलाई हत्कडीमा जिल्ला घुमाइरहेको सरकारले पारित भएपछि के गर्ला ? गम्भीर प्रश्न खडा भएको छ ।’ पाथीभरा केबलकार निर्माणको विषयमा सरकारले बल प्रयोग गरेको उनले आरोप लगाए । संवादबाट समस्या समाधान गर्नुको सट्टा दमन गरेको प्रचण्डको जिकिर छ ।
प्रतिक्रिया