अन्तर्जातीय विवाह तोड्न राज्यशक्ति दुरुपयोग गरेको आरोप

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तीको दाँत जस्तै दोहोरो चरित्र रहेको बताएका छन्।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  उनले सरकारले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि व्यवहारमा लागू नभएको भन्दै सरकारले हात्तीको दाँत जस्तै दोहोरो चरित्र देखाएको बताए।

उनले भने, ‘मलाई यो सरकार हात्तीको दाँत जस्तै लाग्न थालेको छ। देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि? के प्रेम गर्नु अपराध हो? सरकारले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ। अन्तर्जातीय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनियारको विवाह दर्ता भइसकेको पनि जबर्जस्ती तोड्न गृहमन्त्रीकै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भीर छ। सरकारले जवाफ दिनुपर्छ।’

उनले अन्तर्जातीय विवाह जबर्जस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको आरोप लगाए। अन्तर्जातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको उनीमाथि आरोप छ। तर, गृहमन्त्री लेखकले भने त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर