प्रचण्डले ओली र देउवाप्रति असन्तुष्टि र आक्रोश पोखे

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्माको खोजी गरेका छन्।

प्रतिनिधिसभाको विशेष समयमा प्रचण्डले संसदीय अभ्यासमा सरकारको पक्षबाट प्रधानमन्त्री बोल्दा प्रतिपक्ष दलका नेता उपस्थिति हुने र प्रतिपक्षी दल बोल्दा प्रधानमन्त्री उपस्थिति हुनैपर्ने तर्क गरे। उनले भने,“”सरकारको पक्षबाट बोल्दा हामीले प्रधानमन्त्रीलाई सुनेका हौँ। अनि हामी बोल्दा प्रधानमन्त्री सुन्न आउनु पर्दैन ?”

प्रचण्डले खोज्दै गर्दा कांग्रेस सभापति देउवा भने बैठकमा आइपुगेका थिए । “प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोल्ने क्रममा सत्ता पक्षका नेताहरू, प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय मर्यादा विपरीत हो। आशा गर्छु उहाँ आइपुग्नु हुन्छ। अथवा उहाँले मेरो कुरा हेरिरहनुभएको छ भन्ने आशा गरेको छ”, उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर