सुन तोलामा १ हजार ६ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । बुधबार सुन प्रति तोला २ हजार २ सय तथा चाँदी प्रति तोला ४५ रुपैयाँले बढेको थियो ।

आज छापावाल सुन प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर