अछाम कांग्रेसका क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई मानव तस्करी तथा ठगीको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइ दिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर