अमेरिकाद्वारा कर वृद्धि निर्णय स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजैदेखि छिमेकी मुलुक क्यानडा र मेक्सिको माथि लागू गर्ने भनिएको २५ प्रतिशत अतिरिक्त कर वृद्धि एक महिनाका लागि रोकिएको छ ।

क्यानडा र मेक्सिकोले सीमा सुरक्षा सुधार गर्ने र लागू औषधको तस्करी रोक्ने उपाय अवलम्बन गर्न सहमत भएपछि अमेरिकाले एक महिनाको अवधि दिएको हो । कुलिङ डाउन अवधिका रुपमा अमेरिकाले कर वृद्धि हाललाई रोकेको हो । अमेरिकाले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर वृद्धिको घोषणापछि दुबै मुलुकले प्रतिशोधात्मक रुपमा अमेरिको वस्तु आयातमा पनि कर वृद्धिको तयारी गरेका थिए ।

कर वृद्धि रोक्ने मुख्य सर्तका रुपमा क्यानडाले अवैध फ्यान्टायलको तस्करी रोक्न शक्तिशाली अधिकारी नै नियुक्त गरेको छ । यसैगरी मेक्सिकोले सीमा सुरक्षा कडा बनाउन सीमामा १० हजार सैनिक तैनाथ गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर