भीमदत्त नगरका कांग्रेस सभापति मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरका कांग्रेस सभापति अच्युतराज कलौनी मृत फेला परेका छन । शनिबार (आज) बिहान ८ बजेतिर भीमदत्त नगरपालिका–१८ कटान मामाभान्जा चोक क्षेत्रमा कांग्रेस नगर सभापति कलौनी मृत्य फेला परेका हुन् ।

कलौनी सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको जानकारी दिएका छन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर