साउदी अरबमा भएको दुर्घटनामा ३ जना नेपालीको मृत्यु

काठमाडौं ।  साउदी अरबमा भएको सडक दुर्घटनामा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। पश्चिमी क्षेत्रको जिजान क्षेत्रमा बिहीबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।

दुर्घटनामा परी १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली, ९ जना भारतीय र ३ जना घानाका नागरिक छन्। एक जना नेपाली घाइते भएका छन्। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन्।

जिजानबाट २६ जना कामदारलाई कार्यस्थलतर्फ लिएर जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर