गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता

काठमाडाैं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर शुक्रबार सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् ।

गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख गरेकी छन्। आफ्नाे प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जाेडीले विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर