आज शुक्रबार सुन प्रति तोला २३ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  सुनचाँदीको मूल्यमा आज शुक्रबार वृद्धि भएको छ । स्थानीय बजारमा प्रति तोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रति तोला ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार प्रति तोला चाँदी एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर