भ्रष्टाचार नियन्त्रण स्टन्टवाजी होइन : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र थाहा पाएसम्म अरू कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन् ।  काठमाडौंमा बुधबार आयोजित नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।’ भ्रष्टाचार नियन्त्रणको कुरा स्टन्टवाजी नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर