महाकुम्भ मेलामा भागदौड : कम्तिमा १५ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा आज महाकुम्भ मेलामा भएको भागदौडमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । कयौं घाइते भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ब्यारिकेड लगाएर हिँड्ने क्रममा अचानक भागदौड सुरु भएको थियो । अचानक भीडले धकेल्न थालेपछि भीडले धेरै मानिसहरूलाई कुल्चिएको थियो ।

ठूलो भीडमा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष महोत्सव स्थलमा जाने सडकहरूमा सयौं क्यामेरा पोलहरूमा राखिएको र ओभरहेड ड्रोनहरूको फ्लिट जडान गरेको छ । डेढ महिनामा उत्तरी शहर प्रयागराजमा ४० करोडभन्दा बढी मानिसहरू पुग्ने अपेक्षा गरिएको छ । सन् १९५४ को कुम्भ मेलाको समयमा कम्तिमा ४ सय मानिसको ज्यान गएको थियो । त्यसैगरी सन् २०१३ मा ३६ जनाको ज्यान गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर