होटलको सीसीटीभी फुटेज र बिल झिकाउन सांसद कठायतको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले पुस २९ गते संसद्को कृषि समितिले पोखरा भ्रमण गर्दा होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण झिकाउन माग गरेकी छन् ।

प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज र खर्च विवरण झिकाउन माग गरेकी हुन् ।

जुम्लाकी सांसद कठायतले आज त्यसबारे सूचना उपलब्ध गराउन माग गर्दै समितिमा निवेदन पेस गरेकी हुन् ।

पुस २४ गतेदेखि कृषि समितिले नेपालगञ्जबाट अनुगमन सुरु गरेको थियो । ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू पुस २९ गते पोखराको उक्त होटलमा बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर