विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी : सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा आज शनिबार अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले केही बिकासमा काममा अवरोध आफ्नै कारणले हुने गरेको भन्ने बुझाई हुन नसक्दा बिरोधको प्रबृति बढेको बताए ।
उनले भने, काम भएन र गरेन भन्ने तर काम शुरु गरेपछि आफ्नो जग्गा थोरै प¥यो भने बिरोध शुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए । उनले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरु पारित गर्नेगरी अघि बढ्ने बताए ।
प्रतिक्रिया