आज शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। हिजो बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया