आज बिहीबार सुन प्रति तोला चार सय रुपैयाँ घट्यो

काठमाडौं ।  आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो  बुधबार चाँदी प्रति तोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर