मध्यपुरथिमि नगरपालिका–२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बाप्र ०१–०२७ च ९२७ नम्बरको कारलाई सोही दिशातर्फ जाँदै गरेको बा–५० प– ७४१ नम्बरको मोटरसाइकलले सोमबार ठक्कर दिएको थियो ।
श्रीमती र तीन वर्षीया छोरीलाई पछाडि राखेर राजुले नै उक्त मोटरसाइकल कुदाइरहेका थिए । दुर्घटनापछि घाइते भएकी श्रीमती राईलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पुर्याइएको थियो । उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको सूचना अधिकारी पौडेलले बताए । दुर्घटनामा घाइते छोरी ईश्वरी राई भने डिस्चार्ज भएकी छन् । प्रहरीले कार चालक बुढानीलकण्ठ–४ का कृष्णप्रसाद गौतमलाई नियन्त्रणमा लिएको छ ।