राष्ट्रपति ट्रम्पको टिकटकसँग सम्बन्धित कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल टिकटकसँग सम्बन्धित कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । दोस्रो कार्यकाल राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिन उनले टिकटक सम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् ।

टिकटकका सम्बन्धमा उनले विस्तृत जानकारी दिएका छैनन् । तर ट्रम्पले टिकटकलाई ९० दिनको समय दिने यसअघि बताइसकेका छन् । उनले भनेका छन्, ‘यो टिकटकसँगको सम्झौतामा निर्भर गर्छ । यदि यो एपले सम्झौता गर्दैन भने यो बेकार छ । यसले सम्झौता गर्छ भने यसको महत्व अर्बौं डलर हुनेछ ।’ ट्रम्पले आफू सय दिनभित्रै चीन भ्रमण बताइरहेका बेलामा यो आदेशमा हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर