बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं ।  सोमबार पनि नेप्से परिसूचक दोहोरो बढेको छ। नेप्से ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् आइतबार ६ अर्ब २५ करोडको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३२ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३११ वटा धितोपत्रको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर किनबेच भएको हो।सोमबार ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.०५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ३२५ रूपैयाँ कायम भएको छ।यस्तै, रिभर फल्स पावरको मूल्य ७.७० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ३२५ रूपैयाँ पुगेको छ।

सोमबार विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतका दरले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः दुई हजार ९७० रूपैयाँ र एक हजार ३२८ रूपैयाँ ४० पैसा कायम भएको छ।यस्तै, भूगोल इनर्जीको मूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७७५ रूपैयाँ ८० पैसामा झरेको छ।सोमबार रिभर फल्स पावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३२८ रूपैयाँमा २४ करोड एक लाख रूपैयाँको सेयर कारोबार भएको छ।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन पावर पार्टनर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४८७ रूपैयाँमा १८ करोड २० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको बढेको छ। यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले बढेको छ भने  वित्त समूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशतले घटेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर