स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।

यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ । यस अघि नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। १९ ओभरमा अलआउट हुँदै नेपालले ७३ रन बनाएको थियो।

नेपालका लागि कप्तान पूजा महतोले कप्तानी पारी खेलिन्। उनले सर्वाधिक २७ रनसमेत बनाइन्। यस्तै ‌‌ओपनर सावित्री धामीले १० रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

स्कटल्याण्डकी माइसी म्याकेरिया एक्लैले पाँच विकेट लिइन्। उनले पूजा महतो, सीमाना केसी र अलिसा यादव तीनै जनाको विकेट एकै ओभरमा लिएपछि नेपालको स्कोर रोकिएको थियो।
अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्याकोलले १ विकेट लिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर