१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
भोजपुर । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार दिउँसो एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्त बहादुर थापा रहेका छन् ।
थापाले ती बालिकालाई गत भदौ १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया