अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पले आज पदबहाली गर्दै

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदबहाली गर्दैछन् । पदपहालीको अघिल्लो दिन नै ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

विजयी र्‍याली गरिरहेका हजारौं समर्थकहरु माझ ट्रम्पले पदपहालीको पहिलो दिन नै धेरै कार्यकारी आदेशहरुमा हस्ताक्षर गर्ने योजना रहेको बताए । केही रिपोर्टहरुले ट्रम्पले अध्यागमनलगायत विषयमा दर्जनौं आदेशहरुमा हस्ताक्षर गर्न सक्ने अनुमान गरेका छन् । वासिङ्टन डिसीमा नयाँ राष्ट्रपतिको पदपहालीका लागि भव्य तयारी गरिएको छ । यो समारोहमा संसारभरका नेताहरु सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर