तराईका भू-भागमा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित

काठमाडौं । तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईसम्म आज बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिपायल, विराटनगर, धनगढीमा सबैभन्दा धेरै कुहिरो लागेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार दिपायलमा दुई सय, धनगढीमा दुई सय र विराटनगरमा दुई सय मिटर भिजिविलिटी रहेको छ । काठमाडौं । तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईसम्म आज बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

दिपायल, विराटनगर, धनगढीमा सबैभन्दा धेरै कुहिरो लागेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार दिपायमा दुई सय, धनगढीमा दुई सय र विराटनगरमा दुई सय मिटर भिजिविलिटी रहेको छ । सिमरामा ६ सय, पोखरामा दुई किलो मिटर, लुक्लामा १० किलोमिटर र काठमाडौंमा बिहान पौने ६ बजेको भिजिविलिटी पाँच किलोमिटर छ ।

भोलि पनि तराई भू-भागमा आजको जस्तै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर