बालेनको डोजर ओम हस्पिटलको पर्खालमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाउन सुरु गरेको छ ।
काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणको सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गर्दै संरचना भत्काउन थालिएको हो । काठमाडौं महानगर–७ चाबहिलको ओम हस्पिटलको पर्खाल र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर चलाएको छ ।
प्रतिक्रिया