किक्रेटर सन्दीप लामिछानेको संन्यास हो कि? घुर्की खेल जगतमा तरंग !

काठमाडौं । किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट संन्यास लिने आशयको स्टाटस लेखेका छन् । गए मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

राष्ट्रिय टिमबाट संन्यास लिएको भन्ने स्पष्ट वाक्यांश नलेखिएता पनि उनको पोस्टको आशय त्यही अर्थ लाग्नेतर्फ विश्लेषण गर्न सहज मानिएको छ । उनको पोस्टमा समर्थकहरूले खेल निवृत्त जीवन सफल रहोस् भनेर शुभकामना दिएका छन् । कतिपयले भने सन्दीपले घुर्की दिएको भनेर प्रतिक्रिया जनाएका छन् ।
सन्दीप नेपाली राष्ट्रिय टोलीको कप्तान भइसकेका क्रिकेटर हुन् । हालै सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए भने जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर