यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् । बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको थियो ।

नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरण कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३ र रचना चौधरी ३ रनमा आउट भए । सोनी पाख्रिन र अनु कडायत शून्य रनमा आउट भए । रिया शर्मा ५ रनमा अविजित रहेकी थिइन् । बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालका ५ खेलाडी रन आउटको शिकार भएका हुन् । नेपालले अब दोस्रो खेल सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर