आज बिहीबार सुनमा १२ सय र चाँदीमा ५० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बिहीबार  पनि सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बढेको मूल्यसँगै आज सुन प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँले कारोबार भइरहेको छ ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेको महाङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर