पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं  ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ।

मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ। बढेको मूल्य हिजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर