देशभर आंशिकदेखि साधारण बदली रहने

काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीका कारण गए रातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको मध्य र पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोे जानकारी दिइन्।

यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ । भोलि शुक्रवारदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर