दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल पक्राउ

काठमाडौं ।  दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ। युनलाई पक्राउ गर्न सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरू बुधबार बिहान उनको निवासमा पुगेका थिए।

उनी दोस्रो पटकको प्रयत्नपछि पक्राउ परेका हुन्। दक्षिण कोरियाको अखबार योनहाप न्युजले युन स्थानीय समयअनुसार बिहान साढे १० बजे पक्राउ परेको पुष्टी गरेको छ। बुधबार उनलाई पक्राउ गर्न गएका सुरक्षाकर्मीसहितका अधिकारीहरूलाई युनका समर्थकहरूले रोक्ने प्रयत्न गरेका थिए।

ठूलो संख्यामा युनको घरनजिक उपस्थित भएका समर्थकहरूले ब्यारिकेड राखेर अवरोध गरेपनि अनुसन्धानकर्ताहरु युनको घरबाहिरको अवरोध छिचोलेर कम्पाउन्डमा प्रवेश गरेको भनेर बिबिसीले लेखेको छ।

यसअघि पुस १९ गते युनलाई पक्राउ गर्न अनुसन्धानकर्ताहरू सउलस्थित उनको निवासमा पुगेका थिए। त्यतिबेला ठूलो संख्यामा युनका समर्थकहरूले र  युनको  सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले अवरोध गरेपछि अनुसन्धानकर्ताहरू रित्तो हात फर्किएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर