काठमाडौंमा थारु समुदायको माघीको रौनक
काठमाडौं । थारु समुदायको माघीको रौनक काठमाडौंमा पनि देखिएको छ । आज काठमाडौंको वसन्तपुरमा जम्मा भएर यनीहरू नाचगानसहित सदर टुँडिखेल पुगेका थिए ।
थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारु संस्कृतिअनुसारको खानपिन र परिकार, प्रदर्शनी एवं बिक्री, थारु शिप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब १०० भन्दा बढी स्टलहरू राखेका छन् । काठमाडौंमा थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छन् ।
प्रतिक्रिया