सुन तोलामा ८ सय र चाँदीमा ४० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्यमा पनि ४० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५५ हजार रुपैयाँ कायम रहेको छ। हिजो सुन प्रति तोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी प्रति तोला १८ सय २० कायम भएको छ । हिजो सोमबार चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर