बहस नसकिएकाले रवि लामिछानेलाई प्रहरीको जिम्मामा राख्ने आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा हाजिर भएर सरकारी ठगीसम्बन्धी बयान दिका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज आइतार जिल्ला अदालतमा हाजिर भएका हुन् । आजै थुनछेकको बहस चल्नेछ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका थिए । लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएपनि पोखराबाट काठमाडौं आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएका हुन् । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।

यसैबीच लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौं जिल्ला अदालतका ६ नम्बर वरियताका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएपछि प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर